सत्यनारायण माध्यमिक विद्यालय: उत्कृष्ट व्यवस्थापन र सिकाइमा अग्रणी
सामुदायिक विद्यालयको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट सिकाइ उपलब्धिको आधारमा देश भरिको निर्वाचन क्षेत्रहरूका उत्कृष्ट सामुदायिक विद्यालयहरुमध्ये मोरङ जिल्ला को बिराटनगर महानगरपालिका ७ स्थित सत्यनारायण माध्यमिक विद्यालय नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र ( विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा ) सानोठिमी, भक्तपुरबाट ERO ले मुल्याङ्कन गर्दा विद्यालय कार्य सम्पादनको आधारमा छनौट भै रु. ५,००,०००/- ( अक्षरेपी पाँच लाख रुपैया ) प्रोत्साहन रकम सहित पुरस्कृत हुन सफल भएकोमा विद्यालयमा कार्यरत समर्पित शिक्षकहरू , पूर्व प्र अ ,कर्मचारी सहयोगी पूर्व विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभाबक सङ्घका आदरणीय सर म्यामहरू, जागरुक अभिभावकज्युहरू, परिश्रमी एवम् अनुशासित विद्यार्थी भाइबहिनी लगायत सबैसरोकारवालाहरूमा हार्दिक कृतज्ञताका साथ यो सफलतामा विशेष धन्यवाद व्यक्त गर्दछौं।